नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीको निबन्धजस्तो : प्रकाशमान सिंह - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 7, 2019

नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीको निबन्धजस्तो : प्रकाशमान सिंह

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई हाइस्कुलका विद्यार्थीले लेखेको निवन्ध जस्तो भएको टिप्पणी गरेका छन् ।

संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘देश बनाउनलाई के–के गर्नुपर्छ भनेर हाइस्कुलका विद्यार्थीलाई एस्से लेख्न लगाएको जस्तो छ ।’ उनले सरकारको नीति तथा कार्यक्रम नारैनाराले भरिएको बताए ।

‘उखान टुक्कामा प्रधानमन्त्री त प्रसिद्ध हुनुहुन्छ । त्यसैगरी नीति तथा कार्यक्रम पनि नारै नारा दिएर लेखिएको पाउँछौं । हाइवेमा जहाज ल्याण्ड गर्नेसम्मका विषय आएका छन् । तर, त्रिभुवन विमानस्थालको हालत यस्तो छ ।’

दोहोरो अंकको आर्थिक वृद्धिका लागि बजेटको अभाव हुने उनले बताए । ‘दोब्बर आर्थिक बृद्धि, चार बर्षमा उच्च आर्थिक वृद्धिमा पुग्ने भनेको छ । दोब्बर आर्थिक बृद्धिका लागि १७ खर्ब आवश्यक छ । त्यो पैसा कहाँबाट आउने ’ उनले भने ।

पैसा नभएकोले सपना देखे जस्तो । बिद्यार्थीले निबन्ध लेखे जस्तै सरकारको नीति तथा कार्यक्रम आएको छ’ उनले थपे ।

गत वर्ष प्रधानमन्त्रीले संसदमा काठमाडौंमा माक्स लगाएको मान्छे हेर्न पाइँदैन भनेर उल्लेख गर्दै नेता सिंहले भने, ‘प्रधानमन्त्री मन्त्रीले त माक्स फुकाल्नु भयो होला तर, जनताले फुकालेका छैनन् ।’



from Online Khabar http://bit.ly/2H6v0v9

No comments:

Post a Comment

Post Bottom Ad

Pages