‘जात्रै जात्रा’को आक्रामक व्यापार, दर्शकले भने–‘उत्कृष्ट फिल्म’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

‘जात्रै जात्रा’को आक्रामक व्यापार, दर्शकले भने–‘उत्कृष्ट फिल्म’

शुक्रबारदेखि देशभर रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशभर आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । चलचित्रको व्यापार सिंगलको तुलानामा मल्टिप्लेक्समा आक्रामक छ । बिहानैबाट काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बीग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मल लगायतमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत छ ।

काठमाण्डौ बाहिरका चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले शुक्रबार र शनिबार नै दर्शकको चाप उच्च रहेको बताए । चलचित्रको इनिसियल व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत यसलाई निकै नै राम्रो प्रतिक्रिया दिएका छन् । काठमाण्डौको गोपिकृष्ण हलमा चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यो चलचित्रलाई उत्कृष्ट भने । अधिकांश दर्शकले चलचित्रलाई ५ मा ४.५ रेटिङ दिएका छन् ।

यसैविच, चलचित्रको टिम शनिबार काठमाण्डौको गोपिकृष्ण हल पुगेको छ । गोपिकृष्ण हलमा पुगेका नायक विपिन कार्कीले दर्शकको माया पाउने अपेक्षा गरेपनि यति धेरै माया पाउँछु भन्ने नलागेको बताए । नायिका बर्षा राउतले आफूहरुले मिहिनेत गरेर उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको र त्यो दर्शकको मायाले सफल भएको बताइन् ।

निर्देशक प्रदिप भट्टराइले चलचित्रको व्यापारसँग दर्शकको प्रतिक्रिया पनि सुखद आएकाले चलचित्र लामो समयसम्म चल्नेमा विश्वस्त रहेको सुनाए । उनले, यसपटक समिक्षकको प्रतिक्रिया कस्तो आउला भन्ने लागेको बताउँदै समिक्षकले पनि चलचित्रलाई उत्कृष्ट भनेको बताए ।

चलचित्रका बाल–कलाकार अव्रिन खड्काको कामको पनि तारिफ भैरहेको छ । विशेषगरि, महिला दर्शकले चलचित्रको पारिवारिक पाटोलाई बढी मन पराएका छन् । चलचित्रले आइतबारबाट पनि दर्शक होल्ड गर्ने देखिएको छ । अधिकांश दर्शकले लामो समयपछि निकै नै उत्कृष्ट चलचित्र हेर्न पाएको बताएका छन् ।



from Online Khabar http://bit.ly/2VLElS6

No comments:

Post a Comment

Post Bottom Ad

Pages