कुकुरको टोकाइबाट गोरखामा ६ घाइते - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 19, 2019

कुकुरको टोकाइबाट गोरखामा ६ घाइते

५ जेठ, गोरखा । कुकुरको टोकाइबाट गोरखामा ६ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरको टोकाइबाट घरधनीसहित ६ जना घाइते भएका हुन् ।

मान्छेलाइ टोकेर कुकुर आफैं मरेपछि गाउँले त्रास फैलिएको छ । छाउराले टोकेको भन्दै वेवास्ता गरेर बसेका स्थानीयहरु कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल धाउन थालेका छन् ।

‘सानो छाउरो हो केही हुन्न भनेर बसे, चार दिनपछि कुकुर मर्‍यो अनि सबैले कराउन थालेपछि भ्याक्सिन लगाउन गएँ,’ घिमिरेले भनिन् ।

‘गत भदौमा कुकुरले एकैपटक १३ वटा गाइवस्तुलाई टेकेको थियो, हामीले त्यो कुकुरलाई बाधेर राख्यौं, पाँच दिनपछि कुकुर मर्‍यो अनि गाईवस्तुलाई भ्याक्सिन दिएका थियौं,’ वडा कार्यालयका पशु सेवा शाखाका प्राविधिक ऋषिराम मरहट्टाले भने । त्यसयता कुकुर आतंक नभए पनि केही दिनअघि मान्छेलाई टोकेको उनले बताए ।



from Online Khabar http://bit.ly/2WSMlgi

No comments:

Post a Comment

Post Bottom Ad

Pages