जुम्ला र बालुवाटारको सरकारी जग्गा कब्जामा सुक्ष्म अनुसन्धान जारी : अख्तियार प्रमुख घिमिरे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 20, 2019

जुम्ला र बालुवाटारको सरकारी जग्गा कब्जामा सुक्ष्म अनुसन्धान जारी : अख्तियार प्रमुख घिमिरे

६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले बालुवाटार र जुम्लाको गुठिचौरस्थित सार्वजनिक जग्गा हिनामिनाका घटनालाई प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । १ हजार ८४८ ठेक्का र १२० जना कर्मचारीको सम्पत्तिसमेत छानविन गरिरहेको जानकारी उनले दिए ।

आइतबार अख्तियार कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले देशभर भइरहेको सार्वजनिक जग्गा अतिक्रमण र ठेक्कामा भइरहेको अनियमिततालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए ।

‘अहिले चर्चामा रहेको बालुवाटारको ललिता निवासदेखि जुम्लामा गुठिचौरको ५९० रोपनी जग्गाको विषयसम्म अख्तियारले अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस कार्यमा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन् ।’

यो पनि पढ्नुहोस ५९० रोपनी सरकारी जग्गा मालपोत अधिकृतका परिवारको नाममा दर्ता

जुम्लाको गुठिचौरस्थित राष्ट्रिय भेंडाबाख्रा अनुसन्धान केन्द्रको ५९० रोपनी जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले श्रीमती, छोरीसहित १४ जना नातागोताको नाममा पास गराएको खुलासा अनलाइनखबरले गरेको थियो ।

प्रमुख आयुक्त घिमिरेका अनुसार आयोगका कार्यालयहरुमा सार्वजनिक जग्गा कब्जाका उजुरीहरु पर्ने क्रम बढेको जानकारी दिए । यस्ता घटना तराईका जिल्लाहरुमा बढी रहेको उनको भनाइ छ ।

‘कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई समेत कारबाही’

घिमिरेका अनुसार अख्तियारले देशभरका १ हजार ८४८ ठेक्काको विषयमा पनि अनुसन्धान गरिरहेको छ । तिमध्ये मुख्य ४७ वटा ठेक्को अनुसन्धानलाई प्राथमिकतामा राखिएको जानकारी पनि उनले दिए ।

‘एक खर्ब ४८ अर्ब रुपैयाँ सरकारी पुँजी व्यवसायीको हातमा रहेको पाइएको छ, यसको विश्लेषण हेर्दा ठेक्काको अवस्था डरलाग्दो छ,’ घिमिरेले भने ।

उनले अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी पनि दिए । कुनै कर्मचारीले घुस लिएको पाइए सम्बन्धित कार्यालयको प्रमुखलाई समेत कारबाही गर्ने चेतावनी उनले दिए ।

घिमिरेले भने, ‘आयोगले सेवाग्राही बनाएर अख्तियारको कर्मचारी बढी आर्थिक कारोबार हुने कार्यालयमा पठाइरहेको छ । अब कर्मचारीले घुस लिएको भेटिए कार्यालय प्रमुखलाई समेत कारबाही गर्छौं ।’



from Online Khabar http://bit.ly/2QbRy0i

No comments:

Post a Comment

Post Bottom Ad

Pages