‘खलनायक २’ बन्ने, राजेश, विराज र निखिल नदोहोरिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

‘खलनायक २’ बन्ने, राजेश, विराज र निखिल नदोहोरिने

१२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘खलनायक’ सुपरहिट भएको थियो । निर्माता रोज राणाले नायकत्रय राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई लिएर यो चलचित्र बनाएका थिए । एक्सन र लभ स्टोरी कथाको यो चलचित्रलाई दर्शकले मन पनि पराए ।

अब, उनै रोज १२ बर्षपछि चलचित्र ‘खलनायक’को सिक्वेल बनाउने तयारीमा जुटेका छन् । यो चलचित्रको नाम ‘खलनायक २’ राखिएको छ । चलचित्रलाई एक्सन र लभ स्टोरी कथामा नै बनाउने रोजले बताए । रोजले भने–‘चलचित्रको मुल कथा पहिलेको जस्तै नै हो । जसमा ३ जना नायक र १ जना नायिका हुनेछन् ।’

यो चलचित्रका लागि उनले निर्देशकनको जिम्मा गोविन्द सिंह भण्डारीलाई सुम्पेका छन् । गोविन्दले चलचित्र ‘रणवीर’ निर्देशन गरेका थिए । चलचित्रमा मौनता श्रेष्ठको कथा, एनबी महर्जनको एक्सन रहनेछ । रोजका अनुसार, ‘खलनायक’का मुख्य नायकत्रय राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती यो चलचित्रमा रहनेछैनन् । चलचित्रका लागि ३ चल्तीका नायक लिने रोजले बताए । उनले पुरानो चलचित्र जस्तै यसलाई पनि दर्शकले उस्तै माया दिने अपेक्षा गरे ।



from Online Khabar http://bit.ly/2VbMVJm

No comments:

Post a Comment

Post Bottom Ad

Pages