Rabi Lamichhane ले पाए यत्रो ठुलो प्रशंसा | Dinesh Kafle ले किन तारिफ गरे? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 1, 2019

Rabi Lamichhane ले पाए यत्रो ठुलो प्रशंसा | Dinesh Kafle ले किन तारिफ गरे?

 

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सर्वाेच्चले छाड्यो

काठमाडाैं- प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई सर्वाेच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरि प्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नंं. १ बाट बैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।

घिमिरेलाई जितगढी विजयोत्सव मनाउदै गर्दा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा पक्राउ गरिएको थियो भने पक्राउ लगत्तै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको लागि थुनामा राख्न नेपाल प्रहरीलाई निजलाई अनुमति दिएको थियो।

प्रदेश १ को मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा

विराटनगर- प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारको प्रवक्तासमेत रहेका हिक्मतकुमार कार्कीले बैठकले कानून मस्यौदा सुझाव समितिको म्याद थप गर्ने निर्णय गर्नुका साथै कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए। यसैगरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिनुका साथै प्रदेश योजना आयोगको गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय भएको छ।

तलबले किनिदिए ज्येष्ठ नागरिकलाई लौरी

बनेपा – पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।

‘उहाँहरुको पहिलो सहारा भनेकै लट्ठी हो, त्यसपछि अरु सहाराले काम गर्छ भन्ने सोचेरै पहिलो चरणमा अढाई सय लट्ठी वितरण गरेको हुँ। गाउँपालिकाबाट मासिक पाउने तलब सुविधा ज्येष्ठ नागरिकको सेवामा लगाएको हुँ’, लामाले भने। बेथान्चोक–५ का स्थायी बासिन्दा लामा सानै उमेरमा गाउँबाट कमाउन भनी काठमाडौं झरेका थिए। उनले अनेकौं हन्डर र ठक्करबीच ३० वर्षसम्म निरन्तर गलैंचा उद्योग चलाए। छोराछोरी पनि हुर्केबढेर आआफ्नो खुट्टामा उभिन सक्ने भएपछि लामा गाउँ फर्केका हुन्।

हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो, दुई सय बढी विरामी

हुम्ला- तीन सातादेखि हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। भने २ सय भन्दा बढी विरामी परेका छन्। अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको हो। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ। आज मात्रै ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको छ। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन। दमको रोग भएकी बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।

१५ खर्बको बजेट ल्याउँदै सरकार

काठमाडौं–बजेट अधिवेशनका रुपमा चल्ने संघीय संसद्का दुवै सदनको चौथो(वर्षे) अधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ।

यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने संघीय संसद्को महासचिव मनोहर प्रसाद भट्टराईले बताए। सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम केही दिनमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

यहि वैशाख ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन आह्वान गरेकी थिइन्।

तेस्रो अधिवेशन सकिएपछि सांसदहरू आगामी आवको योजना तथा कार्यक्रमका बारेमा बुझ्न आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए।

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

बेइजिङ – चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

राजनीतिक स्थिरतासँगै आर्थिक विकासको मार्गमा हिँडिरहेको नेपालमा लगानीको वातावरण राम्रो रहेको भन्दै राष्ट्रपति भण्डारीले छिमेकी मुलुकका हैसियतले नेपालमा चिनियाँ पुँजी र प्रविधि आवश्यक रहेको र चिनियाँ व्यवसायीले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उनले बताइन्। एक महिनाअघि काठमाडौंमा लगानी सम्मेलन सम्पन्न भएको र सम्मेलनमा चिनियाँ उद्यमीको राम्रो उपस्थिति रहेको बताउँदै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीका लागि नेपाल सर्वोत्कृष्ट स्थान रहेकोमा जोड दिइन्।

संसदमा देउवाको सम्बोधनः सरकारले झुटा कुरा गर्‍यो, खबरदारी गर्छाैं

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्।

सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए। ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको भनी प्रचार गरिएको छ’, उनले भने, ‘विरामीलाई ५ हजार भत्ता दिने मेरै नेतृत्वको सरकारको निर्णय खारेज गरिदियो। चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गराएर सरकारले गैरजिम्मेवारको पराकाष्ठा नाघ्यो। दिनानुदिन भ्रष्टाचार बढेको छ। यसरी आर्थिक विकास हुँदैन, म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडाैं- दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ। बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ।

अन्तरप्रदेश यु–१६ त्रिकेटको तयारी पूरा

काठमाडौं – मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबारदेखि हुने मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ त्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहनेछ। जसअनुसार समूह ‘ए’ मा प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश गरी ४ टोली छन् भने समूह ‘बी’ मा प्रदेश १, प्रदेश २ र प्रदेश ५ रहेका छन्। २४ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ३० ओभरका हुनेछन्। प्रतियोगितामा ह्वाइट ड्रेस र रातो बलको प्रयोग गरिने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले बताए।



from Nagarik Network http://bit.ly/2UQvIjH

No comments:

Post a Comment

Post Bottom Ad

Pages