श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 27, 2019

श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक पक्राउ

१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

‘काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणको घटनामा संलग्नको आशंकामा हामीले १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, सुवेदीले १ जना पक्राउ परेको जानकारी दिँदै अनलाइनखबरसँग भने ।

काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । तर, यी सबै घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।

घटनामा संलग्नको आशंकामा प्रहरीले १ लाई नियन्त्रणमा लिएसँगै यसको तथ्य सतहमा आउने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा



from Online Khabar https://ift.tt/2KJ6pQa

No comments:

Post a Comment

Post Bottom Ad

Pages