यी हुन् अब्बल नतिजा ल्याउने सरकारी स्कुल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 28, 2019

यी हुन् अब्बल नतिजा ल्याउने सरकारी स्कुल

१४ असार, काठमाडौं । आजका पत्रिकाहरुले एसईईमा अब्बल नतिजा ल्याउने सामुदायिक विद्यालयहरुको समाचार छापेका छन् । नागरिक दैनिकले बिभिन्न जिल्लाका सामुदायिक स्कुलहरुको नामाबली र उनीहरुको नतिजा समेटेर मुख्य समाचार बनाएको छ ।

काठमाडौंको बाफलस्थित ज्ञानोदय मावि, ललितपुरको श्रमिक शान्ति मावि, भरतपुरको नारायणी नमूना मावि, विराटनगरका पोखरिया र आदर्श मावि, पोखराका अमरसिंह नमूना उच्चमावि, शीतलदेवी, बालमन्दिर मावि, गोरखाको सरस्वती, तनहुँको सत्यवती, बुटवलको कालिका र पाल्पाको देववाणी संस्कृत तथा साधारण माविको नतिजा अब्बल देखिएको समाचारमा उल्लेख छ ।

यी विद्यालयहरुको नतिजा अब्बल हुनुको कारण खुट्याउँदै नागरिक लेख्छ- शिक्षण प्रक्रियामा सुधार, कक्षा कोठाको वातावरण सुधार तथा शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतको कारण यी सामुदायीक विद्यालयले उत्कृष्ट नतिजा निकालेका हुन् ।

कान्तिपुरको पृष्ठ ४ मा मकवानपुरको हेटौंडास्थित आधुनिक राष्ट्रिय माविको समाचार छ । समाचारमा लेखिएअनुसार यो विद्यालयले १५ वर्षदेखि जिल्लामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ ।

२०७५ सालमा सन्चालित एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको थियो । सो नतिजालाई हेर्दा सामुदायिक विद्यालयहरुको नतिजा सन्तोषजनक नभएको पाइएको छ ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज



from Online Khabar https://ift.tt/31ZmhDn

No comments:

Post a Comment

Post Bottom Ad

Pages