फेबियन तीन वर्षका लागि एभर्टनमा अनुबन्धित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 15, 2019

फेबियन तीन वर्षका लागि एभर्टनमा अनुबन्धित

३१ असार, काठमाडौं । म्यान्चेस्टर सिटीका मिडफिल्डर फेबियन डेल्फ एभर्टनमा अनुबन्धित भएका छन् । २९ वर्षीय फेबियन तीन वर्षका लागि एभर्टन क्लबमा आएका हुन् ।

क्लब र फेबियनबीच सोमबार नै सम्झौता भएको छ । म्यान्चेस्टर सिटीमा एक वर्षको सम्झौता बाँकी भए पनि उनी एभर्टन आएका हुन् ।

इंग्लिस खेलाडी फेबियनले सन् २०१७/०१८ को सिजनमा सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले लगातार २२ पटक इंग्लिस प्रिमियर लिगका खेल खेल्न पाएका थिए । तर एट्लेटिको मड्रिडका रोड्रीलाई ६० मिलियन पाउण्डमा सिटीले भित्र्याएपछि फेबियन भने ओझेलमा पर्दै आएका थिए ।



from Online Khabar https://ift.tt/2JyEyjC

No comments:

Post a Comment

Post Bottom Ad

Pages