२ मंसिर, काठमाडौं । रौतहटको राजपुर बम काण्डका आरोपित नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद अफताव आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ।
रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारागार ल्याइएको थियो।
नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ। नख्खु कारागारका सुरेन्द्र पौडेल आलमलाई अतिरिक्त सुविधा नदिइएको बताउँछन्।
‘यो कारागारमा १५ सय कैदीबन्दी छन्। तीमध्ये आलम पनि एक हुन्। सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ प्रमुख पौडेलले भनेको राजधानी दैनिकमा खबर छ।
आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ। दुई दिनको जेल बसाइमा आलमले कुनै शंकास्पद व्यवहार नदेखाएको कारागार व्यवस्थापनले जनाएको छ।
आलमविरुद्ध १२ वर्षअघि राजपुरमा भएको बम विस्फोटमा घाइते भएका झन्डै २४ जनालाई इँटाभट्टामा जलाएर मारेको अभियोग छ।
from नेपाली हेडलाइन्स | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://ift.tt/37dIL61
No comments:
Post a Comment