नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद केही समयदेखि चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको थियो ।
सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर दैनिकका अनुसार, समाधानका लागि तयार रहेको व्यहोरासहितको पत्र उसले नेपाल सरकारलाई पठाएको छ ।
यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पत्र पठाइएको छ । समाचार अनुसार पत्रमा कालापानी, सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्ललेख छ । वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । ‘पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ’, भारतले पठायो पत्र शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ ।
केही समययता यती समूह चर्चामा छ । गोकर्ण रिसोर्टदेखि दरबारमार्गको जग्गा कौडीको भाउमा हत्याएको यो समूहले लुम्बिनीमा नियमविपरीत होटलसमेत सञ्चालन गर्दै आइरहेको पाइएको छ । यति मात्रै होइन, सुरक्षा मुद्रणको जिम्मा पनि यति होल्डिङ्स स्थानीय एजेन्ट रहेको फ्रान्सेली कम्पनीलाई दिन लागिएको छ ।
कान्तिपुरका अनुसार, यती समूहले लुम्बिनी क्षेत्रको सबैभन्दा पुरानो होटल होक्के चार वर्षदेखि नियमविपरीत सञ्चालन गर्दै आइरहेको छ ।कोषको विनियमावलीअनुसार जसले सञ्चालनका लागि सुरुमा सम्झौता गरेको छ, उसैले मात्र होटल चलाउन पाउँछ । कागजी रूपमा होटल सञ्चालजको जिम्मा होक्के क्लब अफ जापानसँग छ । तर, यती समूहले नियम यस्तो भएपनि त्यसलाई मिचेर ४ वर्षदेखि होटल सञ्चालन गर्दै आइरहेको छ ।
from Online Khabar https://ift.tt/2tNOwbB
No comments:
Post a Comment