त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 27, 2019

त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् ।

त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ ।

दाहाल छथर पोखरी-३ तेह्रथुम स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बस्दै आएका छन् ।



from Online Khabar https://ift.tt/39sUG1c

No comments:

Post a Comment

Post Bottom Ad

Pages