एजेन्सी । एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । समग्रमा एस्टन भिल्लाले ३–२ गोलको जित निकाल्यो । घरेलु मैदानमा एस्टन भिल्लालाई जिताउन माट टारगेट र ट्रेजीग्वेटले गोल गरे । लेस्टरका केलिची इहेनाचोले सान्त्वना गोल फर्काए । खेलमा सुरुवाती अग्रता भिल्लाले लिएको थियो । १२औं मिनेटमा माट टारगेटले ज्याक ग्रियालिसको पासमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।
from रातोपाटी https://ift.tt/2U8oU4b
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment