झापाबाट धरान पठाइएका संक्रमितलाई भर्ना नगरी रातभर बाहिरै राखियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 29, 2020

झापाबाट धरान पठाइएका संक्रमितलाई भर्ना नगरी रातभर बाहिरै राखियो

१७ जेठ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ ।

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् । कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए ।

गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समस्या भएको बताउँदै उनले भने, ‘हामीसँग अलरेडि ६७ जना हुनुहुन्छ । अरु विरामी जस्तो सहजै राख्न सकिन्न ।’ उनले झापाबाट संक्रमितहरु आएपछि रातभर बेडको व्यवस्था गरेको र अब भर्ना लिइने बताए ।

लापरवाहीको पराकाष्टा– मन्त्री घिमिरे

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन् ।

बिहीबार अस्पताल प्रशासनसँगको छलफलमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको बताएको बताउँदै उनले भने, ‘समस्या भए मलाई भन्नुपर्छ,  यो लापरवाहीको पराकाष्टा हो ।’

संक्रमण बढ्दै गएका कारण बिहीबार मन्त्री घिमिरेले थप तीन यय बेड तयार गर्न निर्देशन दिएका थिए । तर शुक्रबार आएका विरामीलाई प्रवेश गर्न नदिइएको जानकारी पाएपछि मन्त्री घिमिरे आफैं धरान पुगेका छन् । ‘मैलै अँस्ति सबै निर्देशन दिएको थिएँ,’ उनले भने, ‘लापरवाही गरेका कारण म आफैं धरान आएको छु ।’



from Online Khabar https://ift.tt/2BjbTh3

No comments:

Post a Comment

Post Bottom Ad

Pages