अन्तरिक्ष स्टेशनमा प्रवेश गरे दुई अमेरिकी अन्तरिक्ष यात्री - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 31, 2020

अन्तरिक्ष स्टेशनमा प्रवेश गरे दुई अमेरिकी अन्तरिक्ष यात्री

दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको छ ।

अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कनसहितको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको हो ।

ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरिरहेको छ । सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको हो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका हुन् ।

हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको शनिबार राति अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो ।

यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2XQnlYK

No comments:

Post a Comment

Post Bottom Ad

Pages