चीनले बनाइरहेको कोभिड–१९ खोप यहि वर्षको अन्त्यसम्ममा तयार हुने दाबी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 30, 2020

चीनले बनाइरहेको कोभिड–१९ खोप यहि वर्षको अन्त्यसम्ममा तयार हुने दाबी

चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको एक खोप यो वर्षको अन्त्यसम्ममा तयार हुन सक्ने चीन सरकारले बताएको छ ।

कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा लिइएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये तीन लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

चीनका सरकारको सम्बन्ध पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो । बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ ।

चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो ।

वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका हुन् ।

अहिले सो खोपको दोस्रो चरणको परीक्षण भएको छ । त्यसका लागि दुई हजार भन्दा बढी मानिसलाई सो खोप दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2ZTd2G4

No comments:

Post a Comment

Post Bottom Ad

Pages