ट्वीटरले गर्‍यो ट्रम्पको ट्वीट ‘हाइड’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 29, 2020

ट्वीटरले गर्‍यो ट्रम्पको ट्वीट ‘हाइड’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट ट्वीटरले सिधै नदेखिने बनाएको (हाइड) छ ।

ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले हाइड गरिएको ट्वीटरले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गरेको ट्वीट जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरिएको थियो । त्यो ट्वीट पनि ट्वीटरले हाइड गरेको छ ।

हाइड गरिएको ट्वीट क्लिक गरेर हेर्न भने सकिन्छ, तर त्यसमा चेतावनीको संकेत राखिएको छ । सार्वजनिक साचो हुन सक्ने भएकाले ट्वीट पहुँचमा राखिएको ट्वीटरले जनाएको छ ।

ट्वीटर र राष्ट्रपति ट्रम्पबिच पछिल्ला दिनमा तनाव उच्च भएको छ । ट्रम्पको ट्वीटमा ट्वीटरले तथ्य–जाँच राखेपछि तनाव उत्कर्षमा पुगेको थियो ।

त्यसपछि ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा सीमित गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2M8xb2S

No comments:

Post a Comment

Post Bottom Ad

Pages