ट्रम्पको पोस्टलाई लिएर फेसबुकका प्रमुख जुकरबर्गको आलोचना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 2, 2020

ट्रम्पको पोस्टलाई लिएर फेसबुकका प्रमुख जुकरबर्गको आलोचना

सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हिंसालाई ‘प्रोसाहित्त’ गर्ने खालको पोस्ट नहटाएर ‘खतरनाक उदहारण’ प्रस्तुत गरेको भन्दै नागरिक अधिकारीका अगुवाले आलोचना गरेका छन् ।

ट्वीटरले चेतावनी सूचक राखेर हाइड गरेको ट्रम्पको ट्वीटमै रहेको व्यहोरासहितको पोस्ट भने फेसबुकले हाइड गरेको वा हटाएको छैन ।

प्रहरी हिरासतमा अश्वेत निहत्था व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ । एक सातादेखि जारी प्रदर्शन केही स्थानमा हिंसात्मक पनि बनेको छ र केही ठाउँमा लुटपाट तथा तोडफोड भएका छन् ।

ट्रम्पले आन्दोलन दबाउन हरसम्भव प्रयास गर्ने सार्वजनिक रुपमै घोषणा गरेका छन् । उनले सेना परिचालन गर्ने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले चेतावनीको भाषामा फेसबुकमा ‘ह्वेन लुटिङ्ग स्टार्ट्स, द सुटिङ्ग स्टार्ट्स’ अर्थात जब लुट सुरु हुन्छ, तब सुट (गोली) पनि सुरु हुन्छ भनेर पोस्ट गरेका छन् । सोही व्यहोराको ट्वीटले हिंसालाई ‘ग्लोरीफाइ’ गरेको भन्दै ट्वीटरले हाइड गरेको थियो ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2XStP9S

No comments:

Post a Comment

Post Bottom Ad

Pages