हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 23, 2020

हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

१० असार, काठमाडौं । मनघरी फाउन्डेसनले हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाकार अमर बहादुर शाही र गायीका आनी छोइङ्ग डोल्माले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

हुम्लाका सबै गाउँपालिकाका लागि दिइएको सामग्रीमा पीपीई सेट ३० थान, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसल सिट, २० थान फस्ट एड किट र प्रत्येक गाँउपालिकाको लागि ७० थान साबुनलगायतका सामग्री छन् ।

मनघरी फाउण्डेशनको अगुवाईमा प्रारम्भ सामाजिक संस्थाको सहकार्यमा र फोटोग्राफर देवेद्र शाहीको पहलमा संकलन भएको स्वास्थ्य सामाग्रीहरु राष्ट्रिय आविष्कार केन्द्र, छेवाङ लामा, चन्दु थापा, लिन्टे, लिलाराम, राकेश शाहीले सहयोग गरेको संस्थाले जनाएको छ।

यी सामाग्रीले हुम्ली जनताको लागि ठूलो सहयोग पुग्ने सभासद रंगमती शाहीले बताइन् । उनले अति दुर्गम तथा पिछडिएको जिल्लाई सम्झिएकोमा फाउण्डेशनलाई धन्यवादसमेत दिइन् ।

कार्यक्रममा गायीका एवं आनी छोइङ डोल्मा फाउण्डेशकी अध्यक्ष आनी छोइङ डोल्माले सामाग्री कति छ भन्नुभन्दा मन नै ठूलो कुरा भएको बताइन् ।

हुम्ला जिल्लामा सहयोग गर्न पाएकोमा आफूहरू निकै खुसी भएको अध्यक्ष आनीले बताइन् । प्रारम्भ सामाजिक संस्थाका प्रोजेक्ट निर्देशक वद्रीराज तिमिल्सिनाले अहिले देशभर आफूहरु क्रियाशिल रहेको भन्दै विशेष गरी कर्णाली क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।

यसअघि पनि डोल्पा र दैलेखका सबै स्थानीय तह तथा डोटीका दुई स्थानीय तहमा बिभिन्न संघसस्थासँग सहकार्य गरेर स्वास्थ्य सामाग्री पठाइसकेको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।



from Online Khabar https://ift.tt/2AUd9Y8

No comments:

Post a Comment

Post Bottom Ad

Pages