कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 3, 2020

कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

२२ जेठ, काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।

उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उनले बताए ।



from Online Khabar https://ift.tt/2U8OqFD

No comments:

Post a Comment

Post Bottom Ad

Pages