कोरोना महामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 24, 2020

कोरोना महामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा

१० असार, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो ।

जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले सैनिक अधिकृत र  कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गरेर मात्र पठाउन भनेको छ ।

त्यसका लागि नेपाली सेनाले पीसीआर मेसिन खरिदको तयारी पनि थालेको छ । छाउनीस्थित सैनिक अस्पतालमा राख्ने गरी अत्याधुनिक स्वचालित मेसिन खरिद गर्न लागिएको जंगीअड्डा स्रोतले अनलाइनखबरलाई बतायो ।

यसका लागि सेनाले पहिलो पटक आह्वान गरेको टेण्डर रद्द भएको छ र दोस्रो पटक पुनः टेण्डर खुलाउन लागिएको छ । परीक्षणका लागि आवश्यक पीसीआर किट, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री नेपालस्थित अमेरिकी दूतावासले जंगीअड्डालाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

बुधबार नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच ४ लाख ५० हजार डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरे । स्वास्थ्य सामग्री लिएपछि प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले अमेरिकाको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

जुलाई पहिलो साताबाट फौज फेरिँदै

सैनिक स्रोतका अनुसार अब एक सातापछि जुलाईबाट यूएन मिसनको फौज परिवर्तन गर्ने तयारी छ ।

यसअघि कोरोना भाइरसका कारण दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ सैनिक अधिकारी नेपालमै रोकिएका थिए । सुडान उड्ने अन्तिम तयारीमा फौज रहेका वेला कोरोनाको बढ्दो महामारीलाई कारण देखाउँदै संयुक्त राष्ट्र संघले नयाँ फौज नपठाउन जंगीअड्डालाई पत्राचार गरेको थियो ।

अब उनीहरुसहित कंगोका लागि ५६, मालीमा एक सय ३८ र लिबियाका लागि २ सय ३० जनाको फौज जाने तयारीमा छ ।

यूएनको विमान नआउने

अहिले मिसनमा जाने तयारीमा रहेका अधिकारीहरुको भिसा लगायतका प्रक्रिया जारी छ । तर, संयुक्त राष्ट्र संघले आफ्नो विमान भने नपठाउने जनाइसकेको छ ।

नेपाली विमान चाटर्ड गरेर पठाउन भन्दै यूएन मिसनले ‘लेटर अफ एसिस्टेनस’ पठाएको छ । त्यसवापत लाग्ने खर्च भने यूएनले नै व्यहोर्नेछ । ‘नेपाल एयरलाइन्सको वाइडबडीमा पठाउने तयारी गरिरहेका छौं’, एक सैनिक अधिकृतले अनलाइनखबरसँग भने, ‘प्राइस लिस्ट पठाउने प्रक्रिया थालिसकेका छौं ।’

कोरोनाका कारण दक्षिण सुडान जाने तयारीमा रहेका नेपाल प्रहरीका १८ अधिकृत पनि रोकिएका थिए । सशस्त्र प्रहरीमा भने तत्काल कुनै पनि टोलीको बद्ली गर्ने समय आएको थिएन ।



from Online Khabar https://ift.tt/2Vd5Ql7

No comments:

Post a Comment

Post Bottom Ad

Pages