जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 27, 2020

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि  अस्पतालमा राखिएको छ ।च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

from रातोपाटी https://ift.tt/3g0ZzRT

No comments:

Post a Comment

Post Bottom Ad

Pages