गुल्मीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 31, 2020

गुल्मीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

१७ साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोरा ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।



from Online Khabar https://ift.tt/39L5Qi9

No comments:

Post a Comment

Post Bottom Ad

Pages