अल्जाइमर रोग रगत परीक्षणबाट सुरुवाति चरणमै पत्ता लगाउन सकिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 28, 2020

अल्जाइमर रोग रगत परीक्षणबाट सुरुवाति चरणमै पत्ता लगाउन सकिने

रगत परीक्षणबाट अल्जाइमर रोग पत्ता लगाउन सकिने एक अध्ययनले देखाएको छ । सुरुवाति चरण र लक्षण देखिनु भन्दा धेरै पहिले रगत परीक्षणबाट अल्जाइमर थाहा पाउन सकिने अमेरिका र स्वीडेनमा भएको अध्ययनमा देखिएको हो ।

अल्जाइमर भएका व्यक्तिको रगतमा रहेको प्रोटिनको अति सानो अंशको परीक्षणबाट रोग थाहा पाउन सकिने प्रमाणित भएको हो । पी–टिएयू २१७, प्रोटिनको मूल्यांकनबाट अनुसन्धानकर्ताले पत्ता लगाउन सकेका हुन् ।

रगत परीक्षणको नतिजा ९६ प्रतिशतमा सही हुने देखिएको अनुसन्धानकर्ताले बताएका हुन् । यसमा थप अनुसन्धानको खाँचो रहेको र त्यसपछि डाक्टरले अल्जाइमर रोग पत्ता लगाउनका लागि प्रयोग गर्न सक्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अहिले अल्जाइमरको लक्षण देखिएपछि स्मरण शक्तिको परीक्षण तथा मस्तिष्कको स्क्यानको प्रयोग गरी उपचार गरिन्छ ।

डिमेन्सिया ब्लड टेस्टको अवधारणा नयाँ भने होइन, तर पछिल्ला दुई अध्ययनले अल्जाइमर रोगमा प्रोटिनको भूमिका रहेको स्पष्ट संकेत गरेको छ । यस्तै अल्जाइमर रोग सुरुवाति चरणमै थाहा पाउन सकिने र उपचार थाल्न मिल्ने पनि यो अध्ययनले देखाएको हो ।

सुरुवाति चरणको उपचारमा विकल्पहरु धेरै हुने भएकाले प्रभावकारी हुन सक्ने अनुसन्धानकर्ताको भनाई छ।

रोग ढिल्लो पत्ता लाग्दा औषधिले काम गर्न नसक्ने भएकाले अहिलेसम्मका मानवीय परीक्षणका नतिजा प्रभावकारी हुन नसकेको अल्जाइमर रिसर्च युकेका अनुसन्धान प्रमुख डा. रोसा सान्चोले बताएकी छन् ।

मस्तिष्कमा प्रोटिनका कारण नोक्सानी हुने भएकाले सुरुवाति चरणमै थाहा पाएमा सो क्षति कम गर्न सकिने उनले बताइन् । अल्जाइमर भएका व्यक्तिको स्मरण क्षमता क्षय हुँदै जान्छ । यस्तै उनीहरुको संज्ञानात्मक क्षमतामा कमी आउने गर्छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2X3e3ZS

No comments:

Post a Comment

Post Bottom Ad

Pages