कोरोना भाइरसविरुद्धको खोप सम्बन्धी जानकारी चोरी प्रयास भएकै छैनः रुस - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 18, 2020

कोरोना भाइरसविरुद्धको खोप सम्बन्धी जानकारी चोरी प्रयास भएकै छैनः रुस

बेलायतका लागि रुसी राजदूत आन्द्रेइ क्लेइनले रुसी गुप्तचर निकायले कोरोना भाइरसविरुद्धको खोपका सम्बन्धमा भइरहेको अनुसन्धान चोरी गर्ने प्रयास गरेको भन्ने आरोप खारेज गरेका छन् ।

बिबिसीसँगको कुराकानीमा राजदूत क्लेइनले ह्याकर प्रयोग गरेर खोप सम्बन्धी अनुसन्धानको जानकारी चोरी गर्न लागेको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएका हुन् ।

गएको बिहीबार रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानडिन संस्थाहरुलाई निशाना बनाइरहेको सुरक्षा निकायले चेतावनी दिएका थिए ।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी) ले ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको बताएको थियो ।

एनसिएससीले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको थिएन । तर खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको थियो ।

खोपको अनुसन्धान सम्बन्धी जानकारी ह्याकरको निशानामा रहेको भन्ने सम्बन्धी चेतावनी बेलायतको एनसिएससीसहित क्यानडाको कम्युनिकेशन सेक्युरिटी स्टाबिलिस्मेन्ट (सिएसई), अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) साइबर सेक्युरिटी इन्फ्रास्टक्छर सेक्युरिटी एजेन्सी (सिआइएसए), अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले प्रकाशित गरेका थिए ।

बिबिसीसँगको कुराकानीमा राजदूत क्लेइनले रुसले बेलायतको राजनीतिमा दखल दिन खोजेको भन्ने आरोप पनि अस्वीकार गरेका छन् ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/3fJmnoW

No comments:

Post a Comment

Post Bottom Ad

Pages