जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 3, 2020

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

काठमाडौं । लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो ।

सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी कार्डसहित पक्राउ गरेका थिए ।

उक्त बिरालोको घाँटीमा दुई ग्राम हेरोइन, दुईवटा सिमकार्ड तथा मेमोरी एउटा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा फेला परेको थियो ।

अवैधानिक काममा संलग्न गराइएको सो बिरालोलाई प्रहरीले समाएर जेलकै एउटा कोठामा हिरासतमा राखेका थिए । तर सोमबार आफूलाई राखिएको कोठाबाट सो बिरालो भाग्न सफल भएको छ ।
–एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/3fkjAli

No comments:

Post a Comment

Post Bottom Ad

Pages