ह्वाइट हाउस बाहिर गोली चल्यो : ट्रम्प - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 10, 2020

ह्वाइट हाउस बाहिर गोली चल्यो : ट्रम्प

२७ साउन, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर गोली चलेको बताएका छन् ।

पत्रकार भेटघाटको क्रममा ट्रम्पका सुरक्षाकर्मीले उनलाई केही भने, त्यसपछि उनी पत्रकार भेटघाट छाडेर उनी भित्र गए । करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारहरुसँग भने, ‘लाग्छ स्थिति नियन्त्रणमा छ ।’

ट्रम्पले पत्रकारहरुसँग भने अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । उनका अनुसार यस घटनापछि घाइतेलाई अस्पताल लगिएको छ ।

उनले यो घटनालाई असामान्य स्थिति भनेका छन् । सेक्रेट सर्भिसका व्यक्तिहरुको ट्रम्पले प्रशंसा पनि गरे । ट्रम्पले भने, ‘ह्वाइट हाउसको बाहिर गोली चलेको थियो । लाग्छ, स्थिति पूरै नियन्त्रणमा छ । साच्चै गोली नै चलेको थियो र कसैलाई अस्पताल लगिएको छ । मलाई त्यो व्यक्तिको अवस्थाबारे जानकारी छैन ।’

ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो ।

ट्रम्पले कोही व्यक्ति गलत उद्देश्यसहित आएको थियो या थिएन भन्ने जानकारी आफूलाई नभएको बताए । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै अगाडि थपे, ‘दुनिया सधैं एक खतरनाक स्थानमा रहिरहेको छ, यो कुनै अनौठो कुरा होइन ।’

यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट बाहिर निकालेर उनको निवासमा कडा सुरक्षाका साथ लगिएको थियो ।



from Online Khabar https://ift.tt/30Ilvfq

No comments:

Post a Comment

Post Bottom Ad

Pages