काठमाडौं – नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए। त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो।
from रातोपाटी https://ift.tt/31dPxqh
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment