ल्यापटप चोर्ने बँदेल लखेट्दै निर्वस्त्र मान्छे दौडिएपछि… - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 8, 2020

ल्यापटप चोर्ने बँदेल लखेट्दै निर्वस्त्र मान्छे दौडिएपछि…

प्रकृति प्रेमी मानिहरुलाई प्रकृतिको धेरै नजिक जानु पनि कहिलेकाहीँ महँगो पर्दो रहेछ ।

बेलायतका एकजना प्रकृतिवादी व्यक्तिलाई हालै यस्तै भएको छ । प्रकृतिमा लीन हुने र निर्वस्त्र घुम्ने प्रकृतिवादी एकजना वृद्ध एउटा जंगली बँदेलको पछि-पछि दौडिएको तस्वीर हालै निकै भाइरल बनेको छ ।

जंगलमा विश्राम गरिरहेको बेला ती व्यक्तिले आफ्नो नजिकै राखेको झोला बँदेलले मुखमा च्यापेर भागेको देखिन्छ ।

ब्याक टू नेचर समेत भनिने उक्त निर्वस्त्र संस्कारलाई जर्मनीमा Freikorperkultur भनिन्छ र पछिल्लो समयमा त्यहाँ सार्वजनिक स्थान र पार्कहरुमा नांगिने क्रम बढेको बीबीसीले जनाएको छ ।

ती मध्येकै एकजना निर्वस्त्र पुरुषको ल्यापटप सहितको ब्याग बँदेलले चोरेपछि उनी त्यो ब्याग लिनका लागि बँदेलको पछि-पछि दौडिएका हुन् । बँदेल र ती वृद्धसँगै बँदेलका दुईवटा पाठाहरु पनि दौडिएका छन् ।

गत बुधबार बर्लिनमा उक्त घटना भएको हो । अभिनेत्री एडेल ल्याण्डेएरले फेसबुकमा उक्त फोटो शेयर गरेसँगै त्यो भाइरल बन्यो । बर्लिनस्थित चर्चित सनबाथिङ क्षेत्र टोएफेल्सीमा उक्त घटना भएको हो ।

अभिनेत्री एडेलका अनुसार ती व्यक्तिले केहीबेर लखेट्दै हल्ला गरेपछि बँदेलले उक्त ब्याग मुखबाट छाडेर भागेको थियो ।

– एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/3aaqPv8

No comments:

Post a Comment

Post Bottom Ad

Pages