पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 15, 2020

पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

३२ साउन, वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १÷१ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जनाएको छ ।



from Online Khabar https://ift.tt/2E2S0vU

No comments:

Post a Comment

Post Bottom Ad

Pages