एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, August 12, 2020

एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् ।

एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् ।

एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष उनले कम्पनीबाट तलब भत्ता लगायतमा गरी साढे १२ करोड डलर बुझेका छन् । त्यस्तै उनले विगतमा बेचेको आफ्नो शेयरबाट प्राप्त रकम, बोनस रकम, कम्पनीबाट प्राप्त तलब भत्ता, आफ्नो अन्य चल अचल सम्पत्ति लगायत जोड्दा उनको कूल सम्पत्ति १ अर्ब नाघेको ब्लुम्बर्गको रिपोर्टमा उल्लेख छ ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल २ ट्रिलियन डलरको विश्वकै पहिलो कम्पनी बन्ने दौडमा छ । उसको अहिलेको बजार मूल्य १.८४ ट्रिलियन डलर रहेको छ ।

गत हप्तामात्रै एप्पलले साउदी अरबको सरकारी तेल कम्पनी साउदी आराम्कोलाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको थियो ।

स्मरण रहोस् सन् २०१८ मा बजार मूल्य १ ट्रिलियन डलर हुने पहिलो अमेरिकी कम्पनी बन्न एप्पल सफल भएको थियो । सन् २०१२ मा संस्थापक सिइओ स्टिभ जब्सले छाड्ने बेलामा एप्पलको मूल्य ३५ करोड डलर थियो ।

विश्वकै नम्बर वान कम्पनीका सिइओ बल्लतल्ल अर्बपतिको सूचिमा अटाउन सक्नु वास्तवमै अनौठो मान्न सकिन्छ । विश्वका ५ सय अर्बपतिहरुको सूचिमा समेत उनी अटाउन सक्दैनन् । अमेजन तथा फेसबुकका सिइओहरुको सम्पत्तिभन्दा उनको कूल सम्पत्ति निकै कम छ ।

ब्लुम्बर्गको अर्बपति सूचि अनुसार विश्वका नम्बर वान धनाढ्य अमेजनका सिइओ जेफ बेजोसको सम्पत्ति १ खर्ब ८७ अर्ब डलर रहेको छ । दोश्रो स्थानका बिल गेट्सको सम्पत्ति १ खर्ब २१ अर्ब रहँदा फेसबुक सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब २ अर्ब डलर रहेको छ ।

आफ्नो अधिकांस सम्पत्ति कल्याणकारी कार्यहरुमा दान गर्ने घोषणा गरिसकेका कुकले यदि सार्वजनिक नगरीकनै सम्पत्ति दान गरिसकेका भए उनको वर्तमान सम्पत्ति १ अर्ब डलर भन्दा अझै कम हुनसक्ने बताइएको छ । उनले यसअघि पनि विभिन्न समयमा आफ्नो एप्पल कम्पनीमा रहेको शेयर बिक्र िगरेर च्यारिटीमा दान गर्दै आएका छन् ।

सन् १९९८ देखि एप्पल कम्पनीमा कार्यरत कुकले सोही बेलादेखि नै कम्पनीको शेयर प्राप्त गरेका थिए । नौ वर्ष अगाडि कम्पनीको सिइओ बन्ने बेलामा उनले ठूलो परिमाणमा विशेष शेयर प्राप्त गरेका थिए र त्यसयता कम्पनीबाट बोनस तथा अन्य भत्ताका रुपमा मोटो रकम बुझ्दै आएका छन् ।

फेसबुक सिइओ मार्क जुकरबर्ग, अमेजन सिइओ जेफ बेजोस, माइक्रोसफ्ट संस्थापक बिल गेट्स तथा टेस्ला सिइओ एलोन मस्क जस्ता अमेरिकी दिग्गज प्रविधि कम्पनीका समकक्षीहरुभन्दा कुकको सम्पत्ति निकै कम रहेको मात्र होइन अन्य विभिन्न कारणले समेत उनी फरक छन् ।

उल्लेखित व्यक्तिहरुले आफू सम्बद्ध कम्पनीहरु आफैं स्थापना गरेका थिए । जबकी एप्पल कम्पनीका संस्थापक टिम कुक होइनन् । त्यस्तै अन्य सिइओहरुसँग आफ्नो कम्पनीको ठूलो हिस्सा शेयर स्वामित्व रहेकोमा टिम कुकुसँग रहेको एप्पल कम्पनीको शेयर स्वामित्व ०.०२ प्रतिशत मात्र रहेको छ ।

–एजेन्सीको सहयोगमा



from Online Khabar https://ift.tt/3aiC2tL

No comments:

Post a Comment

Post Bottom Ad

Pages