फेसबुक पोष्टले भारतको बैंगलोरमा हिंसा, प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, August 11, 2020

फेसबुक पोष्टले भारतको बैंगलोरमा हिंसा, प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु

२८ साउन, काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो ।

हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो । हाल यी क्षेत्रमा कर्फ्यु लगाइएको छ । प्रहरीले ११० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार कांग्रेस सांसद श्रीनिवास मूर्तिको भतिजा नाता पर्ने नवीन भन्ने व्यक्तिले फेसबुकमा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने गरी विवादित कुरा पोष्ट गरेका थिए, जसका कारण उक्त समुदाय विरोधमा उत्रियो र घटनाले हिंसाको रुप लियो ।

प्रदर्शनकारीले प्रहरी स्टेशनमा ढुंगामुढा गर्नुका साथै केही गाडीहरु जलाइदिएका छन् । उनीहरुले कांग्रेस विधायक श्रीनिवासको घर तोडफोडसमेत गरेका छन् ।

विधायक श्रीनिवासले एक भिडियो सन्देश सार्वजनिक गर्दै शान्ति कायम गर्न अपिल गरेका छन् । उनले दोषीलाई कारवाही गर्ने आश्वासन दिएका छन् ।

नवीनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



from Online Khabar https://ift.tt/31GOBLr

No comments:

Post a Comment

Post Bottom Ad

Pages