‘विदेशबाट दैनिक ५ सय जनालाई उद्धार गर्ने निर्णय पुनर्विचार गर : एनआरएनए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 15, 2020

‘विदेशबाट दैनिक ५ सय जनालाई उद्धार गर्ने निर्णय पुनर्विचार गर : एनआरएनए

३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ ।

एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा कोरोना महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।

यो निर्णयबाट विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली बढी प्रभावित हुने एनआरएनएको भनाइ छ । उनले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताए ।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने निर्णय गरेको थियो ।

विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको  छ ।  विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

एक सातामा शून्य मृत्यु

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ । कोरोना संक्रमणको दर पनि न्युन हुँदै गएको एनआरएनएले जनाएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले भनेको छ, ‘शनिवार साँझसम्म  भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।’

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिणअफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान हो ।

हालसम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले जानकारी दिए ।



from Online Khabar https://ift.tt/2EamIU4

No comments:

Post a Comment

Post Bottom Ad

Pages