पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 2, 2020

पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री

अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् । उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका हुन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा पृथ्वीमा फर्किएको यो पहिलो पटक हो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको थियो । ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरेको हो । सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतिक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।

हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो ।

यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको हो ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/3gnF021

No comments:

Post a Comment

Post Bottom Ad

Pages