फाइभ जी प्रविधिको क्षेत्रमा नोकिया र अमेरिकी कम्पनीबीच सहकार्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, September 16, 2020

फाइभ जी प्रविधिको क्षेत्रमा नोकिया र अमेरिकी कम्पनीबीच सहकार्य

काठमाडौं । हुवावेमाथि अमेरिकी प्रतिबन्धसँगै फाइभ जी प्रविधिको क्षेत्रमा देखिएको अन्योल हटाउँदै अमेरिकी कम्पनी डिस नेटवर्कले फिनल्याण्डको कम्पनी नोकियासँग सम्झौता गरेको छ ।

अमेरिकामा सन् २०२३ सम्ममा फाइभ जी नेटवर्क निर्माण गर्ने दौडमा रहेको स्याटेलाइट टिभी प्रोभाइडर कम्पनी डिस नेटवर्कले फाइभ जी प्रविधिको मुख्य सफ्टवेयर उत्पादन गरिदिनका लागि फिनल्याण्डको नोकिया कम्पनीसँग सम्झौता गरेको हो ।

डिस नेटवर्क कम्पनीले आफ्नो फाइभ जी नेटवर्क तयार गर्नका लागि नयाँ टेलिकम कम्पनीहरु छानेको थियो भने ओपन रेडियो एसेस नेटवर्क प्रविधिको प्रयोग गरेको छ । उक्त प्रविधिले क्लाउडमा नेटवर्क कार्य सञ्चालनका लागि सफ्टवेयरको प्रयोग गर्दछ, जसले भौतिक उपकरणको प्रयोग घटाउँदछ ।

डिस नेटवर्कले नोकियासँग गरेको सम्झौता स्थापित टेलिकम उपकरण निर्माता कम्पनीसँग भएको उसको पहिलो सम्झौता हुनेछ । यसअघि डिस कम्पनीले नयाँ नेटवर्क निर्माणका लागि फुजित्सु, नभिदिया, अल्टियोसार माभेनिर लगायतका विभिन्न कम्पनीहरुसँग सम्झौता गरिसकेको छ ।

डिस नेटवर्क र नोकियाबीच भएको सम्झौता अनुसार नोकियाले डिस नेटवर्कलाई सब्सक्राइबर डाटा म्यानेजमेन्ट, डिभाइस म्यानेजमेन्ट तथा एकीकरण सर्भिस लगायतका सेवा उपलब्ध गराउनेछ ।

अमेरिकामा हुवावे प्रतिबन्धित भएसँगै फाइभ जी नेटवर्कको क्षेत्रमा नोकिया र इरिक्सन कम्पनीले लाभ लिइरहेका छन् । त्यस्तै दक्षिण कोरियाली कम्पनी सामसुङले समेत विस्तारै अमेरिकी फाइभ जी नेटवर्क निर्माणको क्षेत्रमा आफ्नो उपस्थिति बढाउन थालेको छ ।

–एजेन्सी



from Online Khabar https://ift.tt/2FvdYca

No comments:

Post a Comment

Post Bottom Ad

Pages