रोकिएको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षण पुनः सुरु हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 12, 2020

रोकिएको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षण पुनः सुरु हुने

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु हुने भएको छ ।

खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि तत्कालका लागि रोकिएको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भएको खोप निर्माताले बताएको बिबिसीले उल्लेख गरेको छ ।

खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएको थियो ।

बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको बताइएको थियो ।

तर शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै तेस्रो चरणको परीक्षणलाई पुनः निरन्तरता दिइने बताएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोपको परीक्षण पुनः सुरु गर्ने कुराको स्वागत गरेका छन् । तत्कालका लागि गरिएको खोप परीक्षणको रोकले मानिसको सुरक्षा पहिलो प्राथमिकतामा रहेको देखाउने उनले बताए ।

खोपको बिस्तारित परीक्षणको क्रममा केही मानिसमा गम्भीर रियाक्सन देखिने र बिरामी पर्ने सम्भावना हुने बताउँदै विश्वविद्यालयले अहिलेको पटक पनि त्यहि भएको उल्लेख गरेको छ ।

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ।

एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिँदा केही समय रोकिए पनि पुनः सुरु हुन थालेको हो ।

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ । तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन् ।

खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टात न्यूजले प्रकाशित गरेको थियो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । तर उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ ।

राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने तर्फ सचेत गराएका छन् ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/33naLDf

No comments:

Post a Comment

Post Bottom Ad

Pages