अस्ट्रेलियामा समाचार शेयर गर्न प्रतिबन्ध लगाउने फेसबुकको धम्की - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 1, 2020

अस्ट्रेलियामा समाचार शेयर गर्न प्रतिबन्ध लगाउने फेसबुकको धम्की

सिड्नी – फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार शेयर गर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ।

यो धम्की अस्ट्रेलियाको संघीय सरकारले फेसबुक तथा गुगल जस्ता कम्पनीहरूले अस्ट्रेलियाली सञ्चारमाध्यमको समाचार सामग्री राखेबापत शुल्क तिर्नुपर्ने नयाँ कानुन ल्याउन गृहकार्य गरिरहँदा फेसबुकले दिएको हो।

“यदि यो ड्राफ्ट कानुन बन्यो भने, हाम्रो इच्छा नभए पनि अस्ट्रेलियाका प्रकाशक तथा प्रयोगकर्तालाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार शेयर गर्ने सुविधा बन्द गर्न बाध्य हुनेछौँ”, फेसबुक अस्ट्रेलिया तथा न्यूजिल्याण्डका प्रबन्ध निर्देशक विल इस्टनले एक वक्तव्यमा भनेका छन्।

“यो हाम्रो पहिलो विकल्प होइन, अन्तिम हो । तर आइपर्ने परिणामबाट बचाउने यो मात्र उपाय हो जसले अस्ट्रेलियाको मिडिया क्षेत्रको दीर्घकालीन जीवन्तताको तर्कलाई खारेज गर्छ, सघाउ पुर्‍याउँदैन,” वक्तव्यमा इस्टनले उल्लेख गरेका छन् ।

‘अस्ट्रेलियन कम्पिटिसन तथा कन्ज्युमर कमिशन’ (एसिसिसि) ले बनाइरहेको उक्त ड्राफ्ट विधेयकको प्रतिक्रियामा निर्देशक इस्टनले सो नीतिले सामाजिक सञ्जालले पत्रकारिताको प्रवर्द्धनका लागि खेलेको भूमिकालाई उपेक्षा गरिएको समेत बताएका छन् ।

सन् २०२० को पहिलो पाँच महिनामा फेसबुक प्रयोगकर्ताले अस्ट्रेलियनहरूले समाचार सामग्रीहरूलाई २।३ अर्बपटक क्लिक गरेको बताउँदै इस्टनले त्यसबापत् अस्ट्रेलियाका मिडिया कम्पनीहरूले २० करोड अस्ट्रेलियन डलर राजस्व संकलन भएको पनि उल्लेख गरेका छन् ।

एसिसिसिको प्रस्तावित विधेयकमा के छ?

अस्ट्रेलियन सरकारको उपभोक्ता हकहित तथा निष्पक्षता कायम गर्नका लागि बनेको नियमनकारी संस्था ‘अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमन कमिशन’ (एसिसिसि) ले प्रस्ताव गरेको उक्त विधेयकमा फेसबुक तथा गुगलजस्ता कम्पनीले अस्ट्रेलियाका मिडिया कम्पनीहरूसँग आपसी सहमती कायम गरेर मात्र मिडियाका सामग्री राख्न पाउने व्यवस्था छ ।

यसको मतलव फेसबकु वा गुगलले ती सामग्रीहरूबाट कमाएको नाफाको केही हिस्सा मिडिया कम्पनीहरूलाई पनि दिनुपर्ने हुन सक्दछ ।

यस्तो व्यवस्था विश्वमै पहिलोपटक हुन लागेको हो ।

सरकारी प्रतिक्रिया

अस्ट्रेलियन सरकारले यो नीति यहाँ कार्यरत अरू व्यवसायहरू जस्तै सामाजिक सञ्जालमा पनि लागू हुने बताएको छ ।

ट्रेजरर जोश फ्राइडेनबर्गले फेसबुकले दिएको प्रतिक्रियालाई धम्कीपूर्ण भएको बताए ।

“यो नीति लागू गर्न हामी प्रतिबद्ध छौँ”, ट्रेजरर फ्राइडेनबर्गले प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी एसिसिसिका अध्यक्ष रड सिम्सले धेरै अस्ट्रेलियनहरू सूचना तथा समाचारका लागि फेसबुकमा भर पर्ने तथ्यलाई मध्यनजर गर्दै फेसबुकको यो हस्तक्षेपलाई गलत भएको बताएका छन् ।

“फेसबुकले प्रयोगकर्तालाई समाचार शेयर गर्ने सुविधा बन्द गर्ने धम्की गलत छ र यो गलत समयमा आएको छ”, अध्यक्ष रड सिम्सले भनेका छन् ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/34UpFmJ

No comments:

Post a Comment

Post Bottom Ad

Pages