एनआरएनए दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, September 16, 2020

एनआरएनए दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५ गते) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका हुन् ।

सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य संगठन, आइएलओ, इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिकहरु पनि सहभागी हुने एनआरएनएले जनाएको छ ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले जानकारी दिए ।

एनआरएन र नेपाल सरकारको सहकार्यमा हुन लागेको यो सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने सम्मेलन आयोजक समितिका सहसंयोजक डा. हरि दाहालले जानकारी दिए ।



from Online Khabar https://ift.tt/3c7Q16u

No comments:

Post a Comment

Post Bottom Ad

Pages