टिकटकलाई ट्रम्पको ‘आशिर्वाद’, टर्‍यो प्रतिबन्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 19, 2020

टिकटकलाई ट्रम्पको ‘आशिर्वाद’, टर्‍यो प्रतिबन्ध

चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकको अमेरिकामा सञ्चानलनलाई निरन्तरता दिने सम्झौतालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन्।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबिचको सम्झौतालाई आफूले सहमति प्रदान गरेको ट्रम्पले बताएका हुन्।

ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको हुन सक्ने ट्रम्प प्रशासनको आरोप छ। तर टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ।

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएका छन्।

उनले पत्रकारसँग भने, ‘सुरक्षा शतप्रतिशत निश्चित भएको छ । मैले सम्झौतालाई मेरो आशिर्वाद प्रदान गरेँ।’

एक दिनअघि अमेरिकामा टिकटक तथा वीच्याटको डाउनलोड प्रतिबन्धित गर्ने घोषणा गरेको थियो । अब सम्झौतालाई ट्रम्पले स्वीकृत गरेसँगै टिकटक अमेरिकामा प्रतिबन्धित नहुने भएको छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2ZRdTqb

No comments:

Post a Comment

Post Bottom Ad

Pages