एप्पलले सार्वजनिक गर्‍यो आइफोन–१२ का चार नयाँ मोडल, मूल्य कति? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 13, 2020

एप्पलले सार्वजनिक गर्‍यो आइफोन–१२ का चार नयाँ मोडल, मूल्य कति?

अमेरिकी कम्पनी एप्पलले आइफोन १२ सार्वजनिक गरेको छ । एप्पलले आइफोन १२ का चार मोडल सार्वजनिक गरेको हो । मंगलबार उसले डिजिटल इभेन्ट मार्फत नयाँ आइफोन सार्वजनिक गरेको हो ।

आइफोन १२ का मोबाइलहरु ५ जी नेटवर्क युक्त हुने एप्पलले जनाएको छ । एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आइफोनमा ५ जी नेटवर्क ल्याउँदै छौँ । आइफोनका लागि यो नयाँ युगको सुरुवात हो ।’

एप्पलले आइफोन–१२, ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुने जनाएको छ । यस्तै आइफोन–१२ मिनी पनि ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । फाइफोन–१२ प्रो को स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी तथा आइफोन–१२ प्रो म्याक्सको स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी रहेको एप्पलले जनाएको छ ।

आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म पर्नेछ ।

आइफोन–१२ मिनीका लागि विश्वभर नोभेम्बर ६ देखि प्रि अडर सुरु हुनेछ । १३ नोभेम्बरदेखि ती फोन पाउन थालिने छ । आइफोन–१२ र आइफोन–१२ प्रोको प्रि–अडर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि उपलब्ध हुन थाल्ने छ । आइफोन–१२ प्रो म्याक्सको प्रि–अडर भने १३ नोभेम्बरदेखि सुरु हुनेछ र २० नोभेम्बरदेखि बिक्री सुरु हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर अर्थतन्त्र गम्भीर रुपमा प्रभावित भएको छ । तर पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको छ ।

आइफोन–१२ प्रो मा स्क्रीनको आकार अघिल्ला आइफोनको भन्दा ठूलो छ । आइफोन–१२ को स्क्रीन ६.१ इन्चको हुने र पहिलेको भन्दा ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने एप्पलले जनाएको छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/33VOdLl

No comments:

Post a Comment

Post Bottom Ad

Pages