ब्ल्याक होल सम्बन्धी ‘ब्रेकथ्रू’ का लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 6, 2020

ब्ल्याक होल सम्बन्धी ‘ब्रेकथ्रू’ का लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

ब्ल्याक होलका सम्बन्धमा स्पष्ट जानकारी प्राप्त हुने गरी गरेको कामका लागि तीन वैज्ञानिकले यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

सर रोजर पेनरोज, रिइनहार्ड गेन्जेल र आन्द्रेया गेजलाई भौतिकशास्त्र तर्फ यो वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको हो । तीन विजेताले पुस्कार बापतको ८ लाख ६४ हजार २०० पाउण्ड रकम आपसमा बाँड्ने छन् ।

भौतिकशास्त्रको पुरस्कार कमिटिका प्रमुख डेविड हाविल्याण्डले यो वर्षको पुरस्कारले ब्रह्माण्डमा रहेको अनौठो बस्तुलाई विशेष रुपमा सेलिब्रेट गरेको बताएका छन् ।

सर रोजर पेनरोज, रिइनहार्ड गेन्जेल र आन्द्रेया गेज

अन्तरिक्षमा गुरुत्वाकर्षण अति शक्तिशाली भएको क्षेत्रलाई ब्ल्याक होल भन्ने गरिन्छ । ब्ल्याक होलबाट प्रकाश पनि बाहिरिन सक्दैन अर्थात प्रकाश पनि विलुप्त हुन्छ ।

बेलायतमा जन्मिएका अक्सफोर्ड विश्वविद्यालयका म्याथम्याटिकल फिजिसिस्ट सर रोजरले अल्बर्ट आइन्स्टाइनको थ्यौरी अफ रिलेटिभिटीमा ब्ल्याक होलको अपरिहार्य परिणामलाई प्रदर्शित गरेका थिए ।

यो वर्षको पुरस्कारको आधा रकम सर रोजरले पाउने छन् । बाँकी आधा रकम गेन्जेल र गेजले बाँड्ने छन् । गेज सन् १९०१ यता भौतिकशास्त्रमा नोबेल पुरस्कार पाउने चौथो महिला हुन् ।

गेन्जेल र गेजले मिल्की वेको गोप्य तथ्य पत्ता लगाएका हुन् । मिल्की वेलाई सुपरम्यासिभ ब्ल्याक होल (एसएमबिएच) का रुपमा चिनिन्छ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/30FIxmI

No comments:

Post a Comment

Post Bottom Ad

Pages