चन्द्रमाको सतहमा भेटियो पानी, जीवनको सम्भावना तर्फ नयाँ खुड्किलो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 26, 2020

चन्द्रमाको सतहमा भेटियो पानी, जीवनको सम्भावना तर्फ नयाँ खुड्किलो

चन्द्रमाको सतहमा पानी रहेको पुष्टि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको पुष्टि भएको नासाको भनाई छ ।

पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा (हिउँ) पाइएको थियो ।

अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको नासाले पुष्टि गरेको हो । यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ ।

अहिले नै फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्न नसकिए पनि चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने अति ठूलो उपलब्धी रहेको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् ।

अन्तरिक्ष यान स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमी (सोफिया) मा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा वाटर मलिक्यूल्सहरु देखिएका हुन् । सोफियामा रहेको विशेष प्रकारको इनफ्रारेड क्यामरा मार्फत वाटर मलिक्यूल्सलाई क्याप्चर गर्न सकिएको नासाले जनाएको छ ।

एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । पत्ता लागेको पानी तरल अवस्थामा नभए पनि हिउँ बनेको अवस्थामा पनि नरहेको हो ।

पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/3orXG5f

No comments:

Post a Comment

Post Bottom Ad

Pages