ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 12, 2020

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२७ असोज, अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/3iTFcH5

No comments:

Post a Comment

Post Bottom Ad

Pages