एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच कृषि ऋणसम्बन्धी सम्झौता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 18, 2020

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच कृषि ऋणसम्बन्धी सम्झौता

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषिऋण प्रदान सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ। हाल बैंकको ७ ओटै प्रदेशमा जम्मा ९८ शाखा कार्यालय, ३० राजश्व सङ्कलन काउन्टर तथा १ सय २९ स्थानमा एटिएम काउन्टर रहेका छन्।



from Online Khabar https://ift.tt/2HeB0EX

No comments:

Post a Comment

Post Bottom Ad

Pages