पौडी खेल्ने क्रममा बगेर बालकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 17, 2020

पौडी खेल्ने क्रममा बगेर बालकको मृत्यु

बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु-याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

from रातोपाटी https://ift.tt/348iTt6

No comments:

Post a Comment

Post Bottom Ad

Pages