अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामीको चेतावनी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 19, 2020

अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

४ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकामा अब सुनामीको खतरा पनि देखिएको छ ।

अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको छ ।



from Online Khabar https://ift.tt/35dnWYl

No comments:

Post a Comment

Post Bottom Ad

Pages