रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 9, 2020

रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

२४ असोज, बुटवल । रुपन्देही र दाङका एक–एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।

उता दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन् ।

मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले जनाएको छ । योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुने संख्या १२ पुगेको छ ।



from Online Khabar https://ift.tt/3luEFNb

No comments:

Post a Comment

Post Bottom Ad

Pages