“सात देखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने” - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

“सात देखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने”

समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलत्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ।
समाजमा श्रृंखलाबद्ध रुपमा भैरहेको बलात्कार र आराधिक क्रियाकलापले सर्वसाधारणमा एक किसिमको त्रास फैलिएको छ। त्यसमा पनि कञ्चनपुरकी निर्मला हत्या काण्डपछि प्रहरी र सरकारमाथि जनविश्वास घट्दै गएको पाइन्छ। घटना बढेको हो वा भैइरहेका घटना बाहिर आएका हुन् यसमा धेरै ठूलो बहस भैइरहेको छ।
मनोविद् करूणा कुवँरका अनुसार बलात्कृत किशोरी होस् वा महिला सबैभन्दा पहिले बलात्कार पछि बलात्कृत व्यक्तीले कानुनी उपचार भन्दा पनि परिवार र समाजिक सुरक्षा खोज्ने गरेको छ।
अपराधशास्त्री तथा अनुसन्धान विज्ञ डा. कृष्ण कुमार तामाङले हाडनाता बलात्कार बढ्नुमा आफैले पनि सजकता अपनाउन सकिने बताए। अवकाश प्राप्त सशस्त्र प्रहरी एआइजी समेत रहेका तामाङले अभिभावकले ‘सातदेखि १० वर्ष सम्मका बच्चा अर्थात दाजुभाई, दिदीबहिनीलाई सँगै सुताउन नहुने सुझाव दिँदै दिदीबहिनी, दाजुभाईमा आत्मीय प्रेम भए पनि विपरित लिङ्ग भएका कारण एकअर्कासँग आकर्षित हुने बताए।
अपराधिक गतिविधि किशोरावस्थाबाटै नै शुरु हुने गरेको भन्दै मनोविद् तथा अपराधशास्त्रीहरु आमाबुवा बीचको व्यवहारले पनि बलात्कारी वा अपराधी हुने बताउँछन्।


from Nagarik Network https://ift.tt/2xDDCmY

No comments:

Post a Comment

Post Bottom Ad

Pages