अन्तर्राष्ट्रियस्तरको व्यवसायिक शिक्षा सम्बन्धी सम्मेलन हुँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

अन्तर्राष्ट्रियस्तरको व्यवसायिक शिक्षा सम्बन्धी सम्मेलन हुँदै

राजधानी समाचारदाता /काठमाडौं।

अर्थसामाजिक विकासमा प्राविधिक एवं व्यवासयिक शिक्षाको महत्वबारे बृहत छलफल गर्ने उद्देश्यले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन), कोलम्बो प्लान स्टाफ कलेज मनिला र सिटिईभिटिको आयोजनामा यहि असोज १८ र १९ गते काठमाडौंको होटल याक एण्ड यतिमा सम्मेलन हुन लागेको हो ।
राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै डिनले शिक्षा, श्रम र उद्योगबीचको अन्र्तसम्बन्धलाई केलाउँदै सरकारको ५ बर्षभित्र ५ लाख दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य पुरा गर्न सम्मेलन केन्द्रित हुने जानकारी दिएको हो ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले राष्ट्रिय, क्षेत्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनीधित्व कायम गर्दै गुणस्तरीय विकासका लागी सम्बन्ध विस्तार हुने डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंहले जानकारी दिनुभयो ।
सम्मेलनमा २० देशको अनुभव अदान प्रदान सहित विभिन्न विषयमा २५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा २० मुलुकका ५० जना विज्ञ सहित ५०० सय भन्दा बढिले सहभागिता जनाउदै छन् । सम्मेलनवाट आएका निचोडहरु समेटी डिनले काठमाण्डौं घोषणा पत्र समेत जारी गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा डिनका अध्यक्ष सिंह सहित महासचिव जिवन घिमिरे, सिटीईभिटीका निर्देशक टेक बहादुर मल्ल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायतको सहभागिता रहेको थियो । सम्मेलनलाई पशुपति आईरन एण्ड स्टिल प्रा.लि र मानश्री ट्रेडिङ प्रा.लि.ले प्रायोजन गरेका छन् ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zEve8X

No comments:

Post a Comment

Post Bottom Ad

Pages