काठमाडौं/रास– सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा शाखा खोलेको छ । शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका हुन् । कम्पनीका सञ्चालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए । कम्पनीले चालू वर्ष २० वटा शाखा खोल्ने लक्ष्य लिएको छ । कम्पनीले सबै प्रकारका निर्जीवन बिमा मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबिमा र लघुबिमा सेवा उपलब्ध गराउनेछ । उद्योगी व्यवसायी, बैंकर्स तथा गैरआवासीय नेपालीको लगानी रहेको कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षभित्र ३० करोडबराबरको सेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता १ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।
from Rajdhani Daily https://ift.tt/2OHfRS9

No comments:
Post a Comment